मन्त्रिपरिषद् बैठकबाट ११ देशमा राजदूत नियुक्तिको तयारी
काठमाडाैं | असार ७, २०८१
काठमाडौँ: आज अपराह्न चार बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चार बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको बताइएकाे छ ।
मन्त्रिपरिषद्को बैठक सामान्यतया साताको सोमबार र बिहीबार बस्ने गर्दछ । यो साता सोमबार नबसेको बैठक शुक्रबार बस्न लागेको हो ।
आजको बैठकले रिक्त ११ देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी छ ।
बिहीबार बेलुका प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेले राजदूत भागबन्डा टुग्यएका थिए ।
जसअनुसार एमालेले ८, रास्वपाले २ र माओवादीले एक राजदूत पाउने बताइएको छ ।
अघिल्लो मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएपछि ती स्थानमा राजदूत नियुक्तिका लागि सिफारिस गर्न लागेको हो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

